डुवर्स उत्सवको निम्ति बानरहाटमा सभा

डुवर्स उत्सवको निम्ति बानरहाटमा सभा

डुवर्स उत्सवको निम्ति बानरहाटमा सभा;  सिलगঢ়ी, १९ नोभेम्बर २०१०; हिमालय दर्पन;
दुई दशक अघिका स्वाच्छ , निर्मल , शान्त डुवर्स आज वैचारिक मतभेद आपसी द्वन्दको कारण अशान्तमय भएको छ । डुवर्सको परम्परागत लोक सांस्कृतिलाई पूर्ण जीवन गराउन स्वनिर्भरता सम्प्रदायिक सदभाव शिक्षा र प्रगतिको क्षेत्रमा अघि बढाउन आगामी १४ जनवरी २०११ को दिन डुवर्स दिवश पालन गरिने जानकारी परिचालना कमिटी सचिव डा . पार्थ प्रतिमले दिए । तिनले अघि बताए- दुई दशक अघि डुवर्समा नेपाली , बंगाली आदिवासी • बिहारी , मुस्लिम सबै जाति एकसूत्रमा रहेर एउटा परिवार जस्ता थिए । तर आज पस्थिति परिवर्तन हुँदै जातिगत भाषागत द्वन्दले डुवर्सको गरिमामा चोट पुयाएको छ । जाति धर्मलाई लिएर डुवर्समा अशान्तमय वातावरणको सृजना हुन . डुवर्स वासीका निम्ति अति नै दुःखको विषय हो , विगतका दिनमा सबै जाति एक क्षत्रमा बसेर आज सम्प्रदायिक भावनाले निन्दनीय घटनाहरू घटिरहेको छ ।डुवर्सको पूरानो गरिमालाई मनन् गर्दै डुवर्स उत्सवमा समस्त जातिको सदभावना एवम् शान्ति श्रृंखलाका निम्ति सबैलाई एक सुत्रमा बाधिने कार्य गरिनेछ । यस उत्सवलाई सबै जातिको मिलन उत्सवको रुपमा पालन गर्न डुवर्सका कतिपय सामाजिक संघ , संगठन एवम् प्रतिष्ठान अघि आएका छन् । डुवर्सका ओदलाबारीदेखि लिएर पूर्व डुवर्सको कुमारग्राम डुवर्स उत्सव पालन गरिनेछ । यस कार्यक्रममा विभिन्न प्रकारको खेलकुद डुवर्सका विकास सम्बन्धित आलोचना सचेतनामूलक पदयात्रा डुवर्सका 2015 ख्यातिप्राप्त मानिसहरूलाई सम्बुद्धनों अन्याय कार्यक्रमहरू समावेश गरिनेछ यस दिन डुवर्सका प्रत्येक म मस्जिद , गिर्जा , गुरुद्वार कार्यालयमा मोमूत्ती वा विधुत चालितको रोणन दिएर दिपावली जस्तै रमाइलो गरिनेछ डा . प्रार्थ प्रतिमले अझ बताए विशम परिस्थितिमा पनि डुवर्सको शान्ति श्रृंखला भाईचारा एवम् अतीतको गौरवलाई अक्षुण्ण बनाई राख्न समस्त संगठनको सहभागितामा यस उत्सव पालन गरिने भएकोले यसको महत्व अधिक रहने जानकारी गराए ।

Join our mailing list Never miss an update